१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बिहान ११ बजे

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ। पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गरेर सम्मानित हुनेहरूको नाम टुङ्गो लगाइने पनि बताइएको छ।

माओवादीले तीन जनालाई सम्मान र तीन जनालाई कारबाहीको तयारी गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App