१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन्। सहमति नजुटेकाले अधिवेशन उद्घाटन भएको ६ दिनपछि शुक्रबार मतदान भएको थियो।

अध्यक्षका लागि तीनजना उम्मेदवार थिए। तीनैजना अध्यक्षका उम्मेदवारले प्यानल नै बनाएर चुनाव लडेका थिए। अध्यक्षमा ढुङ्गानाले प्रतिस्पर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै विजयी भएका हुन्।

उनने दुई सय ८७ मत पाएका छन् भने पाण्डेले २ सय १८ मत प्राप्त गरे। अर्का उम्मेदवार दुर्गा जोशीले ६३ मत पाए। एमाले कैलालीका जोशी निवर्तमान कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन्। उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट, उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएका छन्।

प्रकाशित: १२ फाल्गुन २०८० ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App