सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकता र पासपोर्टको विषय उठाएको छ।
शुक्रवारको प्रतिनिधीसभामा माओवादी केन्दरका सांसद माधव सापकोटाले एमालेले संसद अवरोध गरेपछि यो बिषय उठाएका हुन्।
‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न,' उनले भने, 'संसद्मा हाम्रो महासचिवको तीन वटा नागरिकता छ दुई वटा पार्सपोर्ट छ।, तपाईंहरूले त्यो थप्नुहुन्न।'
प्रकाशित: ११ फाल्गुन २०८० १३:५७ शुक्रबार