४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद यादवको प्रश्न: जिवि राईलाई किन पक्राउ गरिएन ?

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिवि राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवि राईको संलग्नता रहेको विरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए।

उनले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानबिन अगाडी नबढेको बताए। उनले राईले विना धितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए। हालसम्म प्रहरीले जिवि राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत उनले गरे।

उनले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए।

प्रकाशित: ११ फाल्गुन २०८० १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App