३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी सांसद भन्छन्ः अरुण चौधरीलाई छोड्ने न्यायाधीश अपराधी हो, कारबाही गर्नुपर्छ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्।

सोमवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन्।

उनले आफूले छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा गरेकोप्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक काम गर्नेलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्ने माग गरे। उनले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा कारबाही गर्न माग गरे। सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताए।

उनले भने, ‘सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त छ। सरकारले जुन खालको पहलकदमी गर्दै गरेको अवस्थामा धेरै धेरै कुराहरु सुशासनको सम्बन्धमा सुशासनलाई कामय गर्दै जाँदा हुनतः हामी गठबन्धन सरकारमा छौँ। गठबन्धन सरकारलाई समेटेर लिनुपर्ने स्थिति पनि र त्यस्तै चुनौतिका बीच पनि विगतमा जनताले दैनिक उपभोग्य जुन काम गर्नुपर्दथ्यो। लाइन लागेर कामहरु गर्ने जुन स्थिति थियो। त्यो आज राहदानी विभागमा होस्, वैदेशिक रोजगारी विभाग थुप्रै ठाउँमा जनताले प्रत्यक्ष लाभ पाउने स्थनमा आज लाइन लाग्नुपरेको छैन। सुधारका थुप्रै कामहरु हुँदाहुँदै पनि त्यसका बीच्मा चुनौति छ। आज भ्रष्टाचारीलाई कारबाही गर्दैगर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति जुन छ। व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको आफ्नै क्षेत्राधिकार छन् तर कार्यपालिकाले गरेका कामहरुलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ। मैले आज न्युज सुनेँ। अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे। काराबाही स्वरुप। मुगु भनेको नेपालमै हो। मुगुमै किन सरुवा गर्नुप¥यो। त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो। सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले । त्यसैले यो बिडम्वनाको कुरा हो।’

प्रकाशित: २९ माघ २०८० १२:४५ सोमबार

नेकपा (माओवादी केन्द्र)