४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यो अवधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्नमा केन्द्रित हुन्छः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन्।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन्। उनले संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा शुरु भएको प्रतिक्रिया दिए।

उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो। बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ। आज राम्रो वातावरणमा शुरु भएको छ। अब अगाडी बढ्छ।’

प्रकाशित: २२ माघ २०८० १८:२२ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल