२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति उम्मेदवारले ४ लाख खर्च गर्न पाउने

काठमाडौं– राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतवार राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो ।

उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ। निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतका लागि प्रशिक्षण सञ्चालन गरिसकेको छ ।

प्रकाशित: २० फाल्गुन २०७४ १२:०५ आइतबार

राष्ट्रपति उम्मेदवारले खर्च गर्न पाउने