१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्थानीय समस्या समाधानमा केन्द्र सरकारको सहयोग माग

भक्तपुर- स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहका समस्याको समाधानका लागि केन्द्र सरकारले पहल गर्नुपर्ने माग राखेका छन्। रफत सञ्चार क्बल शुक्रवार गरेको साक्षत्कारमा उनीहरुले स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी र कानूनको अभावमा अझै पनि सोचे जत्तिको काम गर्न नसकिएको गुनासो गरे।

जिल्ला समन्वय समिति महासंघका प्रवक्ता नवराज गेलालले स्थानीय समस्या समाधानमा प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए। कतिपय जिल्ला समन्वय समितिको काम गर्न प्रदेश कानुनको आवश्यकता हुने भएकाले  प्रदेश कानुन छिटो निर्माण हुनुपर्नेमा उनले जोड दिए।

नेपाल नगरपालिका संघका संयोजक अशोक ब्यञ्जुले स्थानीय तहमा कर्मचारीकै अभावका सोचे जत्तिको काम गर्न नसकिएको स्पष्ट गरे। तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले पनि कतिपय स्थानीय तहका नगरसभा बस्दै गरेको र त्यो सभाले कानून निर्माण गरेर काम गर्ने बताए।  अहिलेका स्थानीय तह नयाँ भएकाले क्रमिक रुपमा विकास हुँदै जाने उनको भनाइ छ।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App