२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आर्थिक वृद्धिका लागि सरकार अग्रसर : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताएका छन्। 

नेपाल चेम्बर अफ कमर्शले विहीबार सरकारी निवास बालुवाटारमा बुझाएको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आव २०७३÷७४ मा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक वृद्धिदरमा पु¥याइने र समृद्धिको यात्रालाई अगाडि बढाइने बताए। 

चेम्बरले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक वृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ। चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष निजी क्षेत्रका तर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाएको सुझाव प्रतिवेदनमा सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्तरुपमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए। उक्त सुझाव प्रतिवेदनमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रका सुझाव समेटिएका छन्। कानूनी शासनको सुनिश्चितता, औद्योगिक विकास तथा विदेशी लगानी, राजश्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ आयातलगायत विषयमा समेत सुझाव दिइएको छ। 

अत्याधिक सार्वजनिक बिदाले मुलुकको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको जनाउँदै सुझावमा त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै बिदा दिइँदा उपयुक्त हुने सुझाव समेटिएको छ। आर्थिक क्षेत्रसँग सम्बन्धित ऐनलाई ग्राह्यता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिङ क्षेत्रका समस्या समाधान गर्नसमेत आग्रह गरिएको छ। 

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रलाई विश्वासमा लिएर नै आर्थिक समृद्धिका लागि आफूहरु अग्रसर हुने स्पष्ट पारे। 

प्रकाशित: १७ फाल्गुन २०७४ १६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App