२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले–माओवादी चैत पहिलो साता एक हुने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच चैत पहिलो साता औपचारिक रुपमै एकता घोषणा हुने बताएका छन्। 

मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै रावलले फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाएर चैतको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने स्पष्ट पारे।

‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुँगो लगाउँछौं, त्यसपछि एकता बृहत्त रुपमा घोषणा गर्छौं, सम्भवतः एकता चैतको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यही अनुसार तिव्र तयारीमा जुटेका छौं’, उनले जानकारी गराए। एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्नेगरी एकता अघि बढेको उनले सुनाए।

नेता रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने विश्वास दिलाए। आउने आइतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनको भनाई छ। ‘हाम्रो चाहना भनेको अत्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ,, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होइन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं।’
उनले सरकारले पुर्णता पाउनेमा अब विलम्ब नहुने जिकिर गरे। उनले थपे, ‘अब ढिलाई हुँदैन, किनकी बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ।’

प्रकाशित: १५ फाल्गुन २०७४ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App