१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न अखिल क्रान्तिकारीको माग

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्ने अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले माग गरेको छ।

आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै युनियनकी अध्यक्ष पन्चा सिंहले शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राखेकी हुन्।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले शिक्षामा २० प्रतिशत लगानी गर्नु पर्ने पनि माग गरिन्।

उनले निजी विद्यालयको कुरा विधेयकबाट खारेज गर्नुपर्ने बताइन्। यो विधेयक प्रभावित भएमा भावी समाजलाई असर पर्ने उनको भनाइ थियो। 

प्रकाशित: २९ पुस २०८० ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App