१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मर्यादित न्यायपालिका सरकारको अपेक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन्। 

एमाले कानून विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए। ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो’, उनले भने, ‘तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ।’ 

प्रधानमन्त्री ओलीले देश राजनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको बताए। प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकाले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने बताए। 

केही आग्रही वुद्धिजीवीहरुले संलग्नतालाई महत्व दिएर सत्यलाई ओझेल पारेको पनि प्रधानमन्त्री ओलीको गुनासो थियो।

प्रकाशित: ५ फाल्गुन २०७४ १५:२३ शनिबार

मर्यादित न्यायपालिका सरकारको अपेक्षा प्रधानमन्त्री ओली