८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा वाम गठवन्धन ६ कांग्रेस २

काठमाडौं- राष्ट्रिय सभा निर्वाचन तीन नम्बर प्रदेशको परिणाम सार्वजनिक भएको छ। ८ सदस्यको लागि भएको निर्वाचनमा ६ वामपन्थी र २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

खुलामा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका बलराम बासकोटा र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्। महिला तर्फ एमालेका उदया शर्मा पौडेल र दिलकुमारी थापा रावल (पार्वती) र कांग्रेसकी धनकुमारी खतिवडा विजयी भए। अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यकमा एमालेका रामचन्द्र राई र दलित तर्फ एमालेका सिंग बहादुर विश्वकर्मा विजयी भए।

प्रकाशित: २४ माघ २०७४ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App