१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने भएको छ। 

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल हुनेछ। 

साथै पार्टीबाट सहभागी मन्त्रीहरूले सरकारमा गरेका कामकारबाही प्रस्तुत गर्नेछन्। त्यस्तै राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक, साङ्गठनिक विषय र समसामयिक राजनीतिक विषयहरूमा आफ्नो धारणा राख्नेछन्।  

बिहीबारबाट सुरु भएको बैठक आज दोस्रो दिन पनि बस्न लागेको हो ।

प्रकाशित: १३ पुस २०८० ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App