२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सुष्मा स्वराजले सोल्टीमा क–कसलाई भेट्दैछिन ?

काठमाडौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ भेटवार्ता हुने भएको छ।

अपराह्न काठमाडौं आइपुग्न लागेकी स्वराजसँग एमाले अध्यक्ष ओलीले साँझ साढे ६ बजे सोल्टी होटलमा भेट्ने तय भएको लैनचौरस्थित भारतीय दूतावासले जनाएको छ।  

अध्यक्ष ओलीले स्वराजको स्वागतमा भेटवार्तापछि सोल्टीमै डिनरको आयोजना गरेका छन्। ओलीसँगको भेटपछि स्वराजले मधेसी केन्द्रीत दलका नेतासँग भेट गर्ने कार्यक्रम छ।

यसैबीच स्वराजको जहाज १५ मिनेट डिले भएको छ। उनी केही बेरमा काठमाडौं पुग्दैछिन।

प्रकाशित: १८ माघ २०७४ १०:०१ बिहीबार

सुष्मा स्वराजले सोल्टीमा क–कसलाई भेट्दैछिन