१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

३ नम्बर प्रदेशमा सभामुखको निर्वाचन माघ २७ गते

हेटौंडा- तीन नम्बर प्रदेशको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ। बैठकले माघ २७ को लागि सभामुखको निर्वाचनको मिति तोकेको हो। बैठक २७ गते बस्नेगरी स्थगित भएको छ।

बैठकमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसका इन्द्रबहादुर बानिया, माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, विवेकशिल साझाका रमेश पौडेल, नयाँ शक्तिका प्रेम तामाङ, नेमकिपाका सुरेन्द्र गोसाई, राप्रपा प्रजातान्त्रिकका रिता गुरुङ, राप्रपाका रिता माझीले बोलेका थिए।

प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो। बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए।

प्रकाशित: १८ माघ २०७४ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App