२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष तिमिल्सिना भन्छन्ः नागरिकता ऐन विवादकै बीच पारित भएको थियो

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवाह हुने बित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषयसहितको नागरिकता ऐन विवादकै बीच पारित भएको उल्लेख गरेका छन्।

महिला कानुन र विकास समाजद्वारा काठमाडौँमा मङ्गलवार बिहान आयोजित कार्यक्रममा उनले भारतमा सोसम्बन्धी सात वर्षको प्रावधान रहेको पनि उल्लेख गरेका थिए।

'विवाह हुने बित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ। विवादकै बीच नागरिकता ऐन पास भएको छ’, अध्यक्ष तिमिल्सिनाले भने। यो विषयमा थप छलफल हुनुपर्ने कुरामा उनले जोड दिएका थिए।

'भारतसँग सम्बन्धमा केही खटपटले धारणा बन्ने गरेको छ। यसले राष्ट्रियतामा आशङ्काहरू बढाउने गर्छन्। यो स्वाभाविक होला र यी विषयमा छलफल गर्नुपर्छ,’ उनले भने, ‘देशको भूराजनीतिक अवस्थाको कारणले सबै अवस्था एकै र सहज हुन्छ भन्ने छैन। यी विषयमा छलफल गर्नुपर्छ।’

प्रकाशित: ३ पुस २०८० ०४:५८ मंगलबार

राष्ट्रिय सभा गणेशप्रसाद तिमिल्सिना विवाह राष्ट्रिय सभाका अध्यक्ष नागरिकता ऐन