२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचक्राइँ गर्‍याे: उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। शनिबार तेह्रथुममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पाण्डेले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गरे। मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उनले सुनाए। ‘सरकारले हेलचेक्राइँ अन्त्य गरी लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्‍यो।’ उनले भने।

पाण्डेले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको बताए। संकल्प यात्रामा कार्यकर्ताभन्दा नागरिक स्वागतका लागि बढी आएकाले त्यसलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने उनकाे भनाइ थियाे।

पाण्डेले मध्यपहाडबाट भइरहेको बसाइँसराइ चुनौतीपूर्ण रहेकाले यसको समाधानका लागि सरकार स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताए। 

उनले भने, ‘मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गनुपर्‍यो। उत्पादन बढाउने र औद्योगीकरणको आधारशिला निर्माण गर्नुपर्‍यो। यति गर्न सके मात्र मध्यपहाड सोचेजस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने छ।’

प्रकाशित: ३० मंसिर २०८० ०९:१९ शनिबार

मध्यपहाडी पुष्पलाल लोकमार्ग नेकपा एमालेका उपाध्यक्ष