१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वीरगञ्जमा राजधानी माग्दै प्रदर्शन, दुई गाडीमा तोडफोड

बारा – प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगञ्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार दिनभर बिरोध प्रदर्शन गरिएको छ। सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकेपछि बारा, पर्सामा बिरोध प्रदर्शन भएको हो।

सरकारी निर्णय फिर्ताको माग गर्दै कलैयामा प्रदर्शनकारीले यातायातको सवारी साधन चल्नमा रोक लगाएका छन भने वीरगंजमा पनि यातायात, शैक्षिक संस्थालाई बन्द गराई प्रदर्शन गरिएको छ। कलैया–वीरगन्ज, वीरगन्ज–जितपुर सडक खण्डमा चल्ने सवारी साधन चल्नमा दिन भरी नै रोक लगाएका छन्।

बारा, पर्साका स्थानीयहरुले पहिला देखि नै वीरगन्जलाई राजधानी बनाउन माग गर्दै बिभिन्न चरणमा आन्दोलन गर्दै आएपनि सरकारले वेवास्था गरेको भन्दै यस क्षेत्रका जन्ताहरु आन्दोलित भएका छन्।

बन्दको अवज्ञा गरी सवारी साधान चलालिएको भन्दै प्रदर्शनकारीहरुले वीरगन्जमा बा १२ च ७३६५ नम्बरको कार र बा ९ च ८५४५ नम्बरको पि कप भ्यानमा समेत तोडफोड गरिएको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायव प्रहरी उपरीक्षक राजन लिम्बुले बन्दमा गाडी चलाएको भन्दै पि कम भ्यानको पछाडीको सीसा प्रदर्शनकारीले फुटाएको बताएका छन्।

बिरोधका कार्यक्रमले यस क्षेत्रको  उद्योग, ब्यापार, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पूर्णरुपमा ठप्प बनेको छ। यातायातको सवारी साधनहरु चल्नमा रोक लगाएपछि गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

प्रकाशित: ४ माघ २०७४ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App