६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

वाम गठबन्धन तोड्न सरकार आफैं लाग्यो : उपाध्यक्ष गौतम

भक्तपुर – नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए। उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राखे।

नेता गौतमले भने– ‘नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संसद बैठक बोलाउँछ, बैठक बस्छ, आफैं नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरलाई ३ नंबर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताए। माओवादी केन्द्रका सचिवालय सदस्य दीलिप प्रजापतिले नयाँ कम्युनिष्ट पार्टी निर्माणसँगै देशको विकास निर्माणले तीव्रता लिने चर्चा गरे।

प्रकाशित: २ माघ २०७४ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App