१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘राष्ट्रियसभाको निर्वाचनपछि सरकारको गठन प्रक्रिया शुरु हुने’

काठमाडौं – नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताएका छन्।

रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउट सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ भने।

संघीय संसद्को निर्वाचनबाट १६५ सदस्य निर्वाचित भइसकेको भएपनि संघीय संसद्मा रहेका राजनीतिक दलले आफ्नो तर्फबाट एक तिहाइ महिला निर्वा्चित गरेर पठाउने काम बाँकी रहेको र २७५ सदस्यीय सांसदले पूर्णता पाइसकेको अवस्था नरहेको खाँडले बताए।

प्रदेश प्रमुखको नियुक्तिका लागि सरकारले गृहकार्य गरिरहेको र अस्थायी राजधानीको घोषणा प्रदेशसभाले नै गर्नु संविधानसम्मत हुने उनको भनाई छ।

प्रकाशित: २५ पुस २०७४ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App