१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

हेटौँडा (रासस)-  संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ।

जिल्लाका जनताको भावनाअनुरुप राजनीतिक दल, सामाजिक संघ संस्था र स्थानीय तहको सरकारका तर्फबाट हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी विज्ञप्तिमा जनाइको छ।

राजधानी बनाउन सरोकार समितिसमेत गठन गरी माग गरिँदै आएको भन्दै समितिले तत्कालीन सरकारले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकिसकेको भनी निर्वाचन प्रचारबाजीको विषय बनाएकामा विरोधसमेत गरेको छ ।

“तत्काल राजधानी बनाउने दबाबलाई भ्रमित पार्ने काम गरेको हुँदा उक्त गलत प्रचारबाजीको घोर विरोध गर्दै, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछ”–विज्ञप्तिमा भनिएको छ ।
 

 

प्रकाशित: २७ मंसिर २०७४ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App