चितवन- चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे विजयी भएका छन्। उनले कांग्रेसका राजेन्द्र वुर्लाकोटीलाई पराजित गरे।
पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गरे भने बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत प्राप्त गरे। चितवन क्षेत्र नम्बर २ मा एमालेकै कृष्णभक्त पोखरेल निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ३ को नतिजा आउन बाँकी छ। क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा छन्।
प्रकाशित: २४ मंसिर २०७४ १६:४२ आइतबार