५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रोकिए राष्ट्रपति

 राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, इटाली र जर्मनीको भ्रमण स्थगित गरेका छन्।शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि राष्ट्रपति विदेश भ्रमणमा जान लागेको भन्दै चौतर्फी आलोचना भएका बेला सोमबार उनले भ्रमण स्थागन गरेका हुन्।

विदेश भ्रमण स्थगित गरिएको अवस्थामा पौडेल मंगलबार बिहान प्रभावित क्षेत्रको अनुगमनमा निस्कने कार्यक्रम तय भएको  राष्ट्रपति कार्यालयले जनाएको छ। ‘नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रमा ठुलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताका निम्ति अत्यन्त महŒवपूर्ण हुँदाहुँदै प्राकृतिक विपत्ति आइपरेकाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण स्थगित गर्नुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

नेपाल सरकारले पेरिस सम्झौता २०१५ अनुसार १ दशमलव ५ डिग्री सेल्सियसभित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्बन उत्सर्जनको महŒवाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रममा पौडेल सहभागी हुने कार्यक्रम तय भएको थियो। 

बिग्रँदो पर्यावरणलाई कसरी अनुकूल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्बन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको सम्बन्धमा विश्व जगत्को ध्यानाकर्षण गराउने कार्यक्रम रहेको जनाउँदै शीतल निवासले युरोपेली युनियनका महŒवपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट आएको निमन्त्रणालाई स्वीकार गरेर राष्ट्रपति पौडेल ती देशको भ्रमणमा जान लागेको पनि प्रेस नोटमा उल्लेख छ। राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको पहिलोपटक महŒवपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको पनि जनाइएको छ।

प्रकाशित: २१ कार्तिक २०८० ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App