६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहित गठबन्धनका ३ विजयी

पाल्पा – प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे विजयी भएका छन् । वामगठबन्धनका (एमाले) उम्मेदवार पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन्।

पाण्डेले ३४ हजार ८ सय ९९ मत प्राप्त गर्दा कांग्रेसका नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरे । प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’मा एमालेका डा. पुरन बज्राचार्य विजयी भएका छन् । बज्राचार्य १६ हजार ४२२ मतसहित विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४७० मत पाए।

प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ मा वामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन् । गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरी विजयी भएका हुन्। 

घर्तीले ४ हजार ९ सय २६ मत अग्रताका साथ विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम बहादुर कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक विजयी घोषणा गर्न भने बाँकी छ । घर्ती पूर्व डिआईजी कार्कीलाई हराउँदै विजयी बन्ने जिल्लाका पहिलो प्रतिनिधी बनेका छन्।

प्रकाशित: २४ मंसिर २०७४ ०२:४२ आइतबार

पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहित गठबन्धनका