९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री ‘रेस’ मा शंकर पोखरेल

दाङ-  प्रतिनिधि सभा सदस्यको उम्मेदवारका दाबेदार एमाले नेता शंकर पोख्रेललाई प्रदेशसभामा निर्वाचन लड्न आएको प्रस्तावमा उनले एउटा सर्त राखे ‘म पाँच नम्बरको मुख्य मन्त्री बन्नु पर्छ।’ बामगठवन्धनका नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दहालको प्रस्तावमा सर्त राखेका नेता पोख्रेललाई अध्यक्षद्धयले ‘ओके’ गरिदिए । प्रस्तावीत ‘मुख्य मन्त्री’ बनेर प्रदेशसभाको चुनावी अभियानका लागि राजधानीबाट दाङ फिरेका पोख्रेलले आँफूलाई आफ्नो चुनावी नारामै उल्लेख गरे ‘प्रस्तावीत मुख्य मन्त्री।’ उनको एक महिनाको चुनावी दौड शनिवार अन्ततः फलदायि बन्यो । दाङ क्षेत्र नम्बर २ ( १ ) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पोख्रेलको ‘मिशन’ अँझै बाँकी नै छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित पोख्रेल अब चुनावी नारा पुरा गर्नका लागि मुख्यमन्त्रीको प्रतिष्पर्धामा होमिनु बाध्यता नै बनिदिएको छ । तथापी शनिवार उनले आँफूलाई मुख्य मन्त्रीकै रुपमा उभ्याए । ‘ मेरो बिकल्प अरु छैन ,’उनले भने ‘पाँच नम्बर प्रदेशको नेतृत्व अब मेरो काँधमा आएको छ ।’ विजय घोषणा पश्चात सञ्चारकर्मीसंग प्रतिकृया दिँदै उनले आफ्नो जीतसंगै प्रदेश नम्बर ५ को समृद्धिको जिम्मेवारी आफ्नो काँधमा आउको प्रतिकृया दिए ।‘यो प्रदेशको समृद्धिद्ध कसरी गर्ने भन्ने मुख्य जिम्मेवारी आजको जीतले मेरो काँधमा थमाइदिएको छ,’उनले भने ‘यो जिम्मेवारी पुरा गर्नु अब मेरो मुख्य भुमिका रहने छ ।’ पोख्रेल २० हजार ७ सय २३ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धि कांग्रेसका घिमिरेले ११ हजार १ सय ७२ मत प्राप्त गरे।

मुख्यमन्त्रीका सम्भावित प्रदेशसभा सदस्य पोख्रेलका लागि अहिलेको जीत निकै महत्वपूर्ण यसर्थ पनि रह्यो, उनि लगातार दुईपटकको हार पश्चात विजयेका माला पहिरिन सफल भए । उनलाई जीतको अनुभुत गर्न दुईदशक लामो अवधि लाग्यो। २०५१ मा निर्वाचित पोख्रेल त्यसपछिको २०५६ को निर्वाचनमा पुन उम्मेदवार चुनिए तर उनि बिफल भए । २०६४ को संविधानसभा निर्वाचनमा चुनावी रेसमा पुनः उत्रने उनको सपना तुहियो । एमालेका हालका उपाध्यक्ष युवराज ज्ञवाली उम्मेदवार बने । ज्ञवालीले निर्वाचन हारे तर पोख्रेल समानुपातिक सभाषद चुनिए। पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्न नपाएका पोख्रेलले पछिल्लो संविधान सभा निर्वाचन २०७० मा पुनः निर्वाचन लड्ने मौका पाए । तर उनि फेरी विफल भए । २०५१ प्छि पोख्रेललले शनिवार बल्ल जीतको अनुभुत गर्न पाए । २०३६/०३६ को बिद्यार्थी आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा होमिएका पोख्रेल २०४४ मा अखिल स्वतन्त्र भारतीय विद्यार्थी युनियनको तर्फबाट राजनीतिमा लागेका थिए ।  त्यसपछि अनेरास्वीयुको वागमती अध्यक्ष हुँदै उनि २०५४ मा भएको एमालेको छैटौँ महाधिवेशनबाट नेकपा एमालेको केन्द्रीय सदस्य चुनिएका थिए । केन्द्रीय सदस्यबाट केन्द्रयि सचिव बन्ने उनको योजना पार्टीको आठौँ महाधिवेशनबाट टुंगिएको थियो । उनि आठौँ महाधिवेशनमा केन्द्रीय सचिव पदमा पराजित भएका थिए । 

 यसैगरि क्षेत्र नम्बर २ प्रदेशसभा २ मा पनि एमालेकै अमरवहादुर डाँगी निर्वाचित भएका छन् । उनि २१ हजार ४ सय ५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धि भरतवहादुर न्यौपानेले १३ हजार १ सय ९० मत प्राप्त गरे । विजय पश्चात निर्वाचित डाँगीले पनि प्रदेश नम्बर पाँचको समृद्धि आफ्नो मुल ऐजेण्डा रहेको प्रतिकृया दिए । तत्कालीन घोराही नगरपालिकाका मेयर डाँगी गत स्थानीय तहको निर्वाचनमा पुनः घोराही उपमहानगरपालिकाको मेयरको रेसमा थिए । तर उनले उम्मेदवारी पाएनन् । प्रदेशसभामा उम्मेवार बनेका उनि मेयर पछि प्रदेशसभा सदस्य बनेका छन्। 

प्रकाशित: २३ मंसिर २०७४ १२:३१ शनिबार

मुख्यमन्त्री रेस शंकर पोखरेल