रुकुम- पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र २ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपल शर्मा बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार ५ सय १३ मतले पछि पार्दै शर्मा बिजयी भएका हुन्। नवनिर्वाचित प्रदेश सभा सदस्य शर्माले ८ हजार ६ सय ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका खड्क डाँगीले ८ हजार सय २७ मत प्राप्त गरे।
प्रदेश निर्वाचन क्षेत्र नं १ मा पनि नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका थए । यहाँ २०६४ र २०७० सालको संविधान सभाको चुनाव र हालै सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि नेकपा माओवादीले एक्लौटी जित निकालेको थियो । शर्मा नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला अध्यक्ष समेत हुन् । उनी पूर्व गृहमन्त्री जनार्दन शर्माका स्वकीय सचिव समेत रहेका थिए।
प्रकाशित: २२ मंसिर २०७४ १६:२५ शुक्रबार