१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जाजरकोटमा वाम गठवन्धनको अग्रता कायमै

जाजरकोट- बिहीवार  साँझ देखि सुरु भएको  प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुको  मतगणनाको पछिल्लो मत गणना अनुसार  जाजरकोटमा  सुरु देखि  अग्र स्थानमा रहेका वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ।

शुक्रवार   साँझ ४  बजे सम्मको  प्राप्त परिणाम अनुसार  प्रतिनिधि सभा सदस्यका लागि  १६ हजार ९ सय ५८ मत गणना हुँदा  वाम गठवन्धनका तर्फवाट माओवादी केन्द्रका  शक्तिवहादुर वस्नेतले   ९ हजार ९ सय १०   मत  ल्याएर सुरु देखिएको अग्रता कायम राखेका छन् भने उनलाइ नेपाली काँग्रेसका राजवविक्रम शाहले  ६ हजार  ६ सय ८१ मतले पछयाइरहेका छन् ।   त्यस्तै  प्रदेश सभा अन्तर्गता  प्रदेश सभा कमा  पनि १७ हजार  ३८ मत गणना हुदा   माओवादी केन्द्रकै गणेशप्रसाद सिंहले  ९ हजार ५ सय ५६ मतले अग्रता लिएका छन् भने  नेपाली काँग्रेसका  वेदराज सिंहले  ७हजार  १ सय ३२ मतले पछयाइरहेका छन् ।  प्रदेश सभा खमा   १८ हजार  ७ सय ४८ मत गणना हुँदा  एमालेका  करवीर शाहीले  १० हजार  ८सय २५ मतले अग्रता लिएका छन् भने  नेपाली काँग्रेसका  दिपकजंग शाहले  ७ हजार  ४ सय  ४६ मतले  शाहीलाइ  पछयाइरहेका छन् । पहिलो चरणमा  अग्र स्थानमा रहेका  काँग्रेसका दिपकजंग शाह पछिल्लो चरणमा  पछि परेका हुन् ।    जाजरकोटमा  जम्मा  ८३ हजार ९ सय ३७ मतदाताहरु मध्य   मंसिर १० गतेको  प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा  ६० हजार ८ सय  ६७ मत खसेको  थियो।

प्रकाशित: २२ मंसिर २०७४ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App