प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका लागि ८७ सदस्यीय टोली सहभागी हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ देखि २० गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको हो।
जुम्लाको पातारासी गाउँपालिका–५ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालय समयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको सहमतिमा लागू गरिएको यो निर्णयले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्य राखेको छ।