१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिकूल मौसमकाबीच बर्दियामा मतदान सुरु

गुलरिया टाउनहल स्थित तीन वटा मतदान केन्द्रमा मतदान गर्ने पर्खाईमा बसेका मतदाता ।

बर्दिया- प्रतिकूल मौसमबीच लामबद्ध भएका मतदाताले बिहानैदेखि मतदान गर्न सुरु गरेका छन् । केही ठाउँमा सिमसिमे पानीका कारण निर्धारित समयभन्दा केही ढिला मतदान सुरु भएको छ ।

गुलरिया टाउनस्थित क र ख मा मतदाता लामबद्ध भएका मतदान गर्ने पर्खाइमा बसेका छन् । मतदान केन्द्र क मा लामबद्ध भएका खेमराज गौतमले मौसम प्रतिकूल भएका कारण मतदान गर्न निर्धारित समयभन्दा ढिला भएको बताए ।  

सबैरै मतदाताहरु मतदानका लागि आएर लाइनमा बसेको भेटिए । मतदान सात बजेबाट सुरु भएर पाँच बजे सकिने मुख्य निर्वाचन कार्यालयले समय तोकेको छ । जिल्लामा ३ सय २९ मतदान केन्द्रहरु छन् । जिल्लामा प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ वटा निर्वाचन क्षेत्र छन् । जिल्लाका कूल मतदाता संख्या २ लाख ७२ हजार ४ सय ७७ रहेको छ ।

बर्दियामा एमाले उपाध्यक्ष वाम देव गौतम, सिचाई मन्त्री संजय गौतम, विनाविभागीय मन्त्री सन्तकुमार थारु र भूमीसुधार मन्त्री गोपाल दहित मतदान गर्दैछन् ।

प्रकाशित: २१ मंसिर २०७४ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App