६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश २ मा मधेशी गठबन्धनको बहुमत : अध्यक्ष यादव

राजविराज (रासस)- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवले प्रदेश नं. २ को प्रदेशसभामा आफूहरुको बहुमत आउने दाबी गरेका छन्।

संघीय प्रेस फोरम सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रदेश नं २ मा मधेशी गठबन्धनको बहुमत आउने र प्रतिनिधिसभामा पनि मधेश गठबन्धनको सम्मानजनक स्थान आउने विश्वास व्यक्त गरे।

अध्यक्ष यादवले आफू जन्मेको जिल्लामा चुनावी प्रचारप्रसार गर्न जाँदा जिल्लाको अवस्था अत्यन्त जर्जर देखेकाले अब समृद्ध बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए।

 

प्रकाशित: १८ मंसिर २०७४ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App