२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

रुकुमका दुई मतदान केन्द्रमा पुनःमतदान सुरु

रुकुम- स्थगित भएका यहाँका दुई मतदान केन्द्रमा शुक्रबार पुनः मतदान सुरु भएको छ । आइतबार मतदान स्थगित भएका रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्र र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गत्तसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो ।

आइतबार मतदानका क्रममा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्दा मतपेटिकामा आगलागी भएपछि उक्त मदतान केन्द्रको मतदान स्थगित गरिएको थियो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गत्तसैनाको मतदान केन्द्रमा ७ सय ५६ मतदाता रहेका छन् भने रत्न आधारभूत मतदान केन्द्र काँडामा छ सय ७२ मतदाता छन् ।

यहाँ कडा सुरक्षाबीच मतदान सुरु भएको हो । बिहान ७ बजेभन्दा केही ढिला गरी भएको मतदान साँझ पाँच बजेसम्म हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा दुई सय ४६ मत र आठबिसकोटको मतपेटिकामा तीन सय तीन मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: १५ मंसिर २०७४ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App