१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालले मलाई सधैं मोहित बनाउँछ, धेरै कुरा सिकेर जाँदैछु: महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले नेपालको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन्।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले दोस्रोपटक नेपाल आएको सम्झदै नेपालको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका हुन्।

उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको पनि बताए। उनले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए।

त्यस्तै गुटेरेसले सम्बोधनमा नेपालबाट आफूले धेरै कुरा सिकेर जान लागेको पनि बताए। उनले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८० १०:४९ मंगलबार

महासचिव एन्टेनियो गुटेरेस