६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मतदान अधिकृतले गोला प्रथाबाट केन्द्र छाने

पोखरा (रासस)-  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, सहायक निर्वाचन अधिकृतद्वय गंगाप्रसाद पौडेल तथा जगन्नाथ पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको रोहवरमा गोलाप्रथाबाट ३१७ मतदान अधिकृत र त्यतिनै सहायक मतदान अधिकृत खटिने मतदान केन्द्र छनोट गरिएको हो।

विगतमा सिधै मतदान केन्द्र तोकिदा कसैलाई टाढा र कसैलाई नजिक हुने गरेको गुनासो आएकाले सबैलाई समान व्यवहार गर्न गोलाप्रथा गरिएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए।

जिल्लाका कुल १५० मतदानस्थलमा हुने सो निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतबाहेक एक हजार ८९९ सहायक कर्मचारी, एक हजार २९९ स्वयंसेवकसमेत गरी तीन हजार ८३२ कर्मचारी सबै मतदान केन्द्रमा खटिने छन्।

प्रतिनिधिसभाको तीन र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख ५५ हजार ४५२ मतदाता छन् । निर्वाचनमा विभिन्न १९ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन्।

जिल्लाका कुल मतदानस्थलमध्ये ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ लाई सामान्य मतदानस्थलका रुपमा लिइएको छ।
 

 

प्रकाशित: १२ मंसिर २०७४ ०९:३७ मंगलबार

मतदान अधिकृतले गोला प्रथाबाट केन्द्र छाने