७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको नेता परिचालन, एमालेको आक्रामक प्रचार

काठमाडौं- दोस्रो चरणको चुनावका लागि प्रमुख दलनेपाली कांग्रेस र एमाले आआफ्नो रणनीतिका साथ  अभियान सञ्चालन गर्ने भएका छन् ।
कांग्रेसले चुनाव परिचालनका लागि केन्द्रीय प्रतिनिधिहरुलाई जिल्ला खटाउने भएको छ भने एमालेले सबै माध्यमको प्रयोग गरेर ‘आक्रामक’ प्रचार अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेसले पहिलो चरणमा जस्तै जिल्लाहरुमा केन्द्रीय प्रतिनिधिहरुलाई खटाउने निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बताए । ‘मंगलबारदेखि केन्द्रीय प्रतिनिधिहरु जिल्लामा खटिनुहुनेछ,’ खाँणले भने, ‘आवश्यकताअनुसार पहिलो चरणमा उम्मेदवार भएका नेताहरुलाई समेत परिचालन गरिनेछ ।’
एमालेले दोस्रो चरणको चुनावलाई लक्षित गर्दै आक्रामक प्रचारको योजना तयार पारेको छ । ‘सबै माध्यमको प्रयोग गरेर दोस्रो चरणको चुनावका लागि आक्रामक प्रचार अभियान सञ्चालन हुनेछ,’ एमाले केन्द्रीय निर्वाचन कमिटीका प्रवक्ता विष्णु रिमालले भने ।
दोस्रो चरणका मौन अवधिसुरु हुन एक साता मात्रै बाँकी रहेको समयमा दलहरुले घरदैलो, आमसभा र ¥याली गर्ने भएका छन् ।
‘सभाहरुका लागि प्रधानमन्त्री एवम्  कांग्रेस सभापति शेरबहादुर देउवाज्यू नै प्रमुख वक्ताका रुपमा रहनु हुनेछ,’ खाँणले भने । एमालेले पनि माओवादीसँगका संयुक्तसभा  आयोजना गर्नेछ । प्रधानमन्त्री देउवाले सोमबार तेह्रथुम र झापामा आयोजित सभाामा सम्बोधन गरे ।
तर एमाले प्राथमिकतामा ठूला सभा नरहेको रिमालले बताए । ‘जति संयुक्त चुनावीसभाहरु हुन्छन् त्यसमा अध्यक्ष नै जानु हुनेछ । माओवादी अध्यक्ष जान नसक्ने अवस्थामा नेता रामबहादुर थापा साथ हुनुहुनेछ,’ रिमालले भने, ‘निर्वाचन क्षेत्र स्तरको कार्यक्रमबाहेक ठूला कार्यक्रम छैनन् ।’
एमाले अध्यक्ष ओलीले सोमबार रुपन्देही–३ मा दुई चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए भने नेपालगञ्जमा एउटा ठूलो र बर्दियाको एउटा सभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित: १२ मंसिर २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App