८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल

एमाले प्रवक्ता विष्णु रिमाल।

काठमाडौं—नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई तोकिएको छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक सूचना सम्पे्रषन र सञ्चार समन्वयका लागि रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।

बैठकले निर्वाचनका क्रममा समन्वय गर्न विभिन्न नेतालाई पनि जिम्मेवारी तोकेको छ । निर्वाचन आयोगतर्फ पोलिटब्यूरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ।

त्यसैगरी बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेतलाई परिचालन कमिटी सदस्यमा थप गरेको छ।

बैठकले सबै निर्वाचन क्षेत्रमा हुनसक्ने सम्भावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्ने प्रकारका गतिविधिप्रति सचेत रहन कार्यकर्तामा आह्वान गर्दै विभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचारसंहिता विपरीतका कामप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको जनाएकोछ।

 

प्रकाशित: २८ कार्तिक २०७४ १३:१८ मंगलबार

एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल