९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त

तस्बिर :चुमन बस्नेत /नागरिक

कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन।

बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८जना सांसद समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए।

यस अघि  कोसी प्रदेशमा केदार कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोले  दावीपेस गरेका थिए ।  

केदार कार्कीले कांग्रेसका आठ र एमालेका ३९ सांसदको  समर्थनको हस्ताक्षर सहित दावी पेश गरेका थिए । भने  माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि काग्रेसका विद्रोह गरेका आठ सांसद सहित ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । यसरी दुई पक्षले एक्कै सांसदको हस्ताक्षर सहित दावीपेस गरेकाले आज विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर सनाखत गर्ने समय दिइएको थियो । केदार कार्की समूहले हस्ताक्षर सनाखत गर्यो भने माओवादी केन्द्रका इन्द्र आङ्बो उपस्थीत नभएकाले प्रदेश प्रमुख पर्शुराम खापुङले  केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ती गरेका हुन । 

प्रकाशित: २७ आश्विन २०८० ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App