१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

४७ सांसदसहित कार्की पुगे प्रदेश प्रमुखको कार्यालय

कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ती गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद केदार कार्की ४७ जना सांसदसहित  प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

बिहीवार कर्कीले एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए।

कोसी प्रदेश सभामा समानुपातिक र प्रत्यक्ष तर्फ गरेर एमालेको ४०, काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट गरी ९३ सिट छ। एमालेका ४० मध्येबाटै १ जना सभामुख भएका छन्।

सरकार गठनका लागि विश्वासको मत प्राप्त गर्न कम्तिमा कुल संख्याको ४७ जना सांसद आवश्यक हुन्छ । यो संख्या नपुगेकाले कोशी सरकार गठनमा सधै विलम्ब हुँदै आएको छ।

कोसी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल भएपनि बहुमत पु¥याउन नसक्दा सरकार बनाउन सकेको छैन्। त्यसैले अहिले कांग्रेसका ८ र एमालेका ३९ जना मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउन गएका हुन।

सत्तागठबन्धन दल र एमालले सरकार गठनका लागि पटक पटक पहल गरे। सरकार गठन पनि भए। तर विश्वासको मत लिन नसकेर ती सरकार बारम्बार ढले।

प्रकाशित: २६ आश्विन २०८० ११:२८ शुक्रबार

सांसद केदार कार्की