६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कथाले मागेपछि बामगठबन्धनः पाण्डे

पाल्पा– बामगठबन्धन विभिन्न चरणका आन्दोलनका उपलब्धि संस्थागत गर्न गरिएको पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले बताएका छन् । उनले प्रतिनिधी र प्रदेशसभा चुनाव बामगठबन्धन र बामईतरबचिको भएको समेत बताए ।

सोमबार गठबन्धनले जिल्ला सदरमुकाममा गरेको उम्मेदवार परिचय कार्यक्रममा रानाले गठबन्धनले बहुमत प्राप्त गर्ने र स्थीर सरकार गठन हुने बताए । प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार रहेका रानाले जिल्लामा जनसंख्या घट्दो रहेको बताउँदै बसाईसराई रोक्न जिल्लालाई साधन तथा सुविधायुक्त बनाउने बताए ।

पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले कथाले मागेपछि बामगठबन्धनको विकल्प नभएको बताएका छन् । उनले मुलुकको अग्रगमन तथा समृद्ध नेपालको निर्माणका लागि माटो र देशले गठबन्धनको आवश्यकता सिर्जना गरेको बताए । क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पाण्डेले आगामी तीन वर्ष भित्र जिल्लाको खानेपानी, बाटो र विद्युतीकरणलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा माओवादी जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेले मन मिलेपछि गठबन्धन भएको भन्दै अब पार्टी एकिकरणको प्रक्रियामा लागि परेको बताए । उनी भन्छन्, ‘मन मिलेपछि सबै राम्रो देखिने रैछ । पहिले मत अन्तर भए पनि अब सबै तिक्तता भूलेर अगाडी बढिएको छ । अब पुराना घाउ बल्झने छैनन् ।’

एमाले नेता झपेन्द्र जिसीले १०÷१० हजारको मत अन्तरले गठबन्धन विजयी हुने बताए । ‘सबै उम्मेदवारले जिल्लाको विकासको खाका बनाएका छन्, जित सुनिश्चित छ,’–उनले भने । कार्यक्रममा गठबन्धनका प्रदेशसभाका उम्मेदवारहरु युवराज खनाल, डा. पुरन बज्राचार्य, तुलाराम घर्तीमगरले आफुहरुको चुनावी एजेण्डा बताएका थिए ।

 

प्रकाशित: २० कार्तिक २०७४ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App