१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्राविधिक शिक्षामा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

रत्ननगर(रासस)-  उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी विद्यालयको खस्कँदो शैक्षिक नतिजा र निजी विद्यालयको महँगो शिक्षा प्रणाली अहिलेको चुनौतीका रुपमा रहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
सौराहामा आजदेखि शुरु राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अबको शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने बताए।

संघीय र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि संक्रमणकालको पूर्ण अत्य भई देश आर्थिक समृद्धिको बाटामा अघि बढ्ने बताउँदै उनले भने, “निर्वाचन सम्पन्न भएपछि हामीले अगाडि सारेको आर्थिक समृद्धिको एजेण्डा अगाडि आउनेछ र संक्रमणकालको पूर्ण अन्त्य हुनेछ भन्ने हामीलाई विश्वास छ ।” उनले निर्वाचन निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षणसमेत गराए।
कार्यक्रममा शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षाको गुणस्तर विकासका लागि सरकार गम्भीर रहेको बताउँदै सरकारी शिक्षाको गुणस्तर वृद्धिका विषयमा अहिले आयोग बनेर काम भइरहेको जानकारी दिए।
‘शिक्षामा उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिए। महाधिवेशनमा देशभरका दुई हजार ५०० विद्यालयका करीब दुई हजार प्रतिनिधि सहभागी छन् ।

 

प्रकाशित: १७ कार्तिक २०७४ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App