चितवन— नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताएका छन्।
चितवन ३ बाट एमाले-माओवादीका साझा उम्मेदवार बनेका उनले उम्मेदवारी दर्ता गराउँदै सञ्चारकर्मी समक्ष भने, '७० देखि कुनै एउटा सरकार पनि पाँच वर्ष टिकेन। अब त्यस्तो हुँदैन। हामीले बाम गठबन्धन बनाएका छौं। यो गठबन्धनले ढुक्कसँग बहुमत ल्याउँछ। पाँच वर्षसम्म सरकार चलाउँछ।'
चितवन क्षेत्र नं १ र २ मा बाम गठबन्धनको तर्फबाट एमाले पार्टीका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलले उम्मेदवारी दिएका छन्।
प्रकाशित: १६ कार्तिक २०७४ ०९:०२ बिहीबार