४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेरो ज्यान मार्न खोज्नेहरुलाई सरकारले समाएन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन्।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका हुन्।

उनले भने, 'प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ। हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन। मेरो ज्यान मार्न खोज्नेहरुलाई समाउँदैन, समाते पनि तत्काल छाड्छ। प्रहरीको टाउको फुटाउने र दाँत भाचिने स्थितिसम्मका हमला भएका छन्। तर सरकार केहि गर्दैन।' 

प्रकाशित: १६ आश्विन २०८० ०८:४९ मंगलबार

केपी शर्मा ओली