४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबाट भएको कैद मिनाहाप्रति ओलीको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गरेका छन्।

उनले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाएका हुन्।  

उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए। हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको उनको भनाइ छ। उनले यो देशमा न्याय छैन की यही हो न्याय? भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘आज ४ वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन। उनमाथि एसिड छर्नेलाई, उनको घाउ निको भएको छैन। उनको उपचार चलिरहेको छ। सरकारले एसिड आक्रमण कर्तालाई छोडिसक्यो। अहिले उनी रोएर हिँडेकी छन्। सरकारले उनको उपचार गराइरहेको छैन। एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने। हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन। कडा कानून ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो। महिला जगत खुशी भएको थियो। हाम्रा चेलीले सुरक्षाको अनुभुति गरेका थिए। उनीहरुलाई सरकारले अस्ति छोडिदियो। मैले मिति बिर्सिएँ, फागुन एक गतेको उत्सवमा हो की संविधान दिवस भन्ने पारेर छोड्यो, त्यति यकिन भएन। अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई अहिले मुस्कान खातुनको पेटको छाला, तिघ्राको छाला निकालेर टाँस्नु परेको छ। आरामसँग चार वर्ष बाध्यतावश राख्यो। त्यसपछि एउटा निहुँ पारेर छोड्यो। यो देशमा कुनै न्याय हुँदैन। की न्याय भनेको यही हो? अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ। सरकारले एउटा नियम बनाउँछ, यस्तो भइरहेको छ।’

प्रकाशित: १६ आश्विन २०८० ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App