४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ललिता निवासको फाइल बन्द गराउन सरकारको पसिना आयो: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासको फाइल बन्द गराउन गठबन्धन सरकारको पसिना आएको टिप्पणी गरेका छन्।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ललिता निवासको फाइल बन्द गराउन गठबन्धन सरकारको पसिना आएको टिप्पणी गरेका हुन्।

उनले भने, 'सरकार फाइल खोल्छु भने धम्काउछ। खुलेको फाइलको यो हालत छ। सरकारलाई खोलिएको ललिता निवासको फाइल बन्द गर्न कस्तो गाह्रो भयो। कसरी ढाकछोप गर्ने सत्ता गठबन्धन परेपछि कसरी छोपौ भन्ने भो। पसिना रुमालले होइन गम्छाले पुस्न पर्ने भो।'

उनले सुन काण्डमा छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउने भनिए पनि आफ्नो मान्छे राख्नलाई चार सदस्यीय आयोग बनाइएको भन्दै आलोचना गरे।

प्रकाशित: १६ आश्विन २०८० ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App