२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपा भिजन नभएको पार्टी: पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने ‘अहिले राजतन्त्र जिन्दाबाद भन्दै लगाएको नारा कहिलेकाहीं सुनिने गरेको छ। गणतन्त्रमा सुधार गर्नुपर्ने कुराहरू धेरै होलान्, कसैलाई गणतन्त्र मन नपर्न पनि सक्छ तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’

उपमहासचिव गुरुङले रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेलाई चटकेको संज्ञा दिए। ‘राजनीतिमा अहिले एउटा कुनचाहिं चटकेवाल चलिराखेका छन्’, उनले भने, ‘जसको मुलुकप्रति कुनै दर्शन छैन, योजना छैन, कुनै भिजन छैन, नत कुनै नीति नै छ।’

नीति बिना देशको विकास नहुने दाबी गर्दै उनले त्यो केवल चटक मात्र हुने टिप्पणी गरे। रविले लोकप्रियतावादमा टेकेर युवाहरुमा भ्रम छरिरहेको उनको आरोप थियो। तर लोकप्रियतावादले देशको विकास नहुने उनले बताए। उनले रवि र रास्वपाको दिग्भ्रमितबाट बच्न आग्रहसमेत गरे।

उपमहासचिव गुरुङले अझै १० वर्ष अध्यक्ष केपी ओलीको विकल्प नहुने बताए। एमालेमा आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले दाबी गरिरहेका बेला गुरुङले भने,‘विगतमा बहुकेन्द्रहुँदा पार्टीमा समस्या रह्यो, अहिले फेरी त्यही नियति दोहोर्‍याउनु हुँदैन।’

प्रकाशित: १५ आश्विन २०८० १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App