२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना अझै सुरु हुन सकेन

फाइल तस्बिर

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन्। आइतवार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो।

त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिएपनि अहिलेसम्म पनि मतगणना सुरु नभएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए।

उनले अहिले बैठक बसिरहेको र अबको केही मिनेटमै मतगणना सुरु गर्ने बताए। आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए।

प्रकाशित: १५ आश्विन २०८० ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App