९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रोल्पा- मंसिर १० मा सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्बाचन सम्पन्न गर्नका लागि मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत बासुदेव लाल श्रेष्ठले पत्रकार, कानुन ब्यबसायी र आफ्ना मातहतका कर्मचारीको उपस्थितिमा कार्यालय स्थापना गरिएको जानकारी गराए।

घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना गरिएको छ। एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको रोल्पामा पहिलो चरणमा निर्बाचन हुदैछ। १० स्थानीय तह रहेको रोल्पामा भयरहित बाताबरणमा निष्पक्ष निर्बाचन सम्पन्न गराउन सबैको सहयोगको अपेक्षा समेत गरे।

 

प्रकाशित: २९ आश्विन २०७४ ११:२९ आइतबार

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना