८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दिने

काठमाडौं— भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापालार्इ काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने भएका छन् ।

साेमबार प्रेस विज्ञप्तिमार्फत विवेकशील साझा पार्टीले आउँदो निर्वाचनकाे पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा लगायत काठमाडाैंकाे उम्मेदवारकाे टुंगाे लगाएकाे जानकारी दिएकाे छ । काठमाडौंको क्षेत्र नम्बर ४, ७, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदसहरू चुनाव चिन्ह तराजुसहित सुबुना बस्नेत, पुकार बम, अनुपा श्रेष्ठ र मिलन पाण्डे समेत संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिदैंछन्।

त्यसबाहेक अन्य उमेदवारहरु  घोषणा गर्दै जाने पार्टीको नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।  विवेकशील साझा पार्टीले चुनाव चिन्ह तराजु र 'अबकाे अाशाः विवेकशील साझा' नारा लिएर चुनाव लड्रदैछ ।

प्रकाशित: २३ आश्विन २०७४ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App