८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनाव तोकिएकै मितिमा : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले सरकारमाथि आउन सक्ने सबैखाले चुनौतीको सामना गर्दै तोकिएकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्ने निष्कर्ष निकालेको छ ।

‘माओवादीले सरकार छाड्ने वा दुई दलीय गठबन्धनले सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन सक्छ । अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्ने र  माओवादी बाहिरिए अन्य दललाई साथ लिएर निर्वाचन सम्पन्न गर्न गरी पार्टीले गृहकार्य सुरु गरेको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सुरु भएको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल र गठबन्धन निर्माणसँगै पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमाथि अविश्वास प्रस्ताव वा माओवादी सरकारबाट बाहिरिन सक्ने विश्लेषण कांग्रेसको छ ।
एमाले÷माओवादी गठबन्धनको पक्षमा बहुमत पुग्ने अवस्थामा दुई दलीय गठबन्धनले सरकारमाथि अविश्वास प्रस्ताव ल्याउन सक्ने विश्लेषणसहित कांग्रेसले त्यसको सामना गर्ने ठहर गरेको छ । एमालेसँग चुनावी तालमेल गरेको माओवादी सरकारबाट बाहिरिए अन्य दललाई सहभागि गराएर निर्वाचन सम्पन्न गर्ने गरी कांग्रेसले आन्तरिक तयारी थालेको छ ।
‘माओवादीले सरकार छाड्ने वा दुई दलीय गठबन्धनले सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन सक्छ,’ कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विकले भने, ‘अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्ने र  माओवादी बाहिरिए अन्य दललाई साथ लिएर निर्वाचन सम्पन्न गर्न गरी पार्टीले गृहकार्य सुरु गरेको छ ।’
दुई दलीय गठबन्धनले संख्या पु¥याउन नसकेकै कारण सरकारमाथि अविश्वास प्रस्ताव नल्याएको कांग्रेस बुझाइ छ । ‘गणितीय हिसाबमा दुई दलीय गठबन्धनमा संख्या पुगेको छैन,’ केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘सरकारको पक्षमा बहुमत कायमै राखेर प्रदेश र केन्द्रको निर्वाचन तोकिएकै समयमा सम्पन्न गरेर कांग्रेस संविधानको कार्यान्वयन संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चाहन्छ ।’
सरकारमाथि आउन सक्ने संकटको सामना गर्न माओवादी, एमाले बाहेकका दलहरूसँग छलफल अघि बढाउने निर्णय बैठकले गरेको छ । ‘सबै दलहरूसँग पछिल्लो परिस्थितिका विषयमा छलफल अघि बढाउने र बहुमत पु¥याइराख्ने पहल गर्नेछौं,’ रिजालले भने ।
माओवादीबाहेक पनि सरकारसँग बहुमत रहेको आकलनमा गरेको कांग्रेसले दुई दलीय गठबन्धनसँग अहिलेसम्म २ सय ६१ मात्र सांसद् रहेको दाबी गरेको छ । संसद्मा हाल कायम रहेको संख्याको २ सय९७ सांसद्को समर्थन रहेसम्म सरकार अल्पमतमा पर्दैन ।
सत्ता साझेदर माओवादीले धोको दिएको ठहर गर्दै कांग्रेसले प्रतिपक्षी एमालेसँग तालमेल गरेको दलको गृहमन्त्री लिएर प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न कठिन हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन् । त्यसका लागि माओवादीबाहेकको सरकार बनाएर निर्वाचन सम्पन्न गर्नेतर्फ पहल थाल्न पनि नेताहरूले नेतृत्वलाई सुझाएका छन् ।  
एमाले र माओवादीले मुलुकलाई धु्रवीकरणमा लगेको ठहर गर्दै कांग्रेसले राष्ट्रवादी, लोकतन्त्रवादी, प्रगतिशील शक्तिहरूको गठबन्धन बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ । ‘हामी धु्रवीकरणको पक्षमा थिएनौं,’ नेता रिजालले भने, ‘दुई दलले गठबन्धन बनाएपछि हामी पनि बाध्य भएका छौं ।’
बिहीबार बस्ने बैठकले राष्ट्रवादी, लोकतन्त्रवादी, प्रगतिशील शक्तिहरूको गठबन्धनका लागि सबैलाई अपिल गर्ने तयारी गरेको छ ।
त्यस्तै, कांग्रेसले प्रदेश र केन्द्रको उम्मेदवार तत्काल टुंगो लगाएर चुनावमा जुट्नुपर्ने भन्दै जिल्ला तहबाट आएको सिफारिसका आधारमा नाम टुंगो लगाउने भएको छ ।

प्रकाशित: १९ आश्विन २०७४ ०२:३९ बिहीबार

चुनाव तोकिएकै मितिमा कांग्रेस