८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेस गढमा फहरायो फोरमको झन्डा

संघीय समाजवादी फोरमका विजय सरावगी विरगन्जको मेयरमा विजयी भएपछि समर्थकहरूको साथमा। तस्विर: रितेश

वीरगन्ज—तेस्रो चरणमा प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेकोे वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी विजयी भएका छन्।

वीरगन्ज महानगरपालिकाको मेयरमा फोरमका सरावगीले काँग्रेसका उम्मेदवार अजय द्विवेदीलाइ २ हजार १ सय ९६ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन्। कुनै बेला नेपाली काँग्रेसको गढ मानिने वीरगन्जमा फराकिलो मतान्तरले स्थानीय तहको निर्वाचनमा फोरम नेपालले विजयी हासिल गरेपछि जिल्लाकै राजनीतिक परिदृष्य फेरिएको विश्लेषण गरिएको छ।

मेयरमा सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका द्विवेदीले १७ हजार १ सय ९७ मतमा समेटिए। मुख्य प्रतिस्पर्धीहरु काँग्रेस, फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका उम्मेदवारहरु आ–आफ्ना ठाउँमा बलिया देखिएपछि कडा प्रतिस्पर्धाबीच थोरै मतान्तरले नतिजा आउने र खसेको मत साढे ८४ हजारको सदर मतबाट १५-१६ हजार मत ल्याउने उम्मेदवार विजयी हुन सक्ने आँकलन गरिएको थियो ।

कुनै बेला नेपाली काँग्रेसको गढ मानिने वीरगन्जमा फराकिलो मतान्तरले स्थानीय तहको निर्वाचनमा फोरम नेपालले विजयी हासिल गरेपछि जिल्लाकै राजनीतिक परिदृष्य फेरिएको विश्लेषण गरिएको छ।

यता काँग्रेस उम्मेदवारले १७ हजारभन्दा बढी मत ल्याएर पनि पराजित हुनु परेको छ। केही वडाहरुमा फोरम नेपालतिर मत एकोहोरिएकोले यस्तो भएको विश्लेषण गरिँदैछ। जनप्रतिनिधीविहीन स्थानीय निकायमा सर्वदलीय संयन्त्रको कामकारवाहीले जनता आजित भइसकेर बिकल्पको खाजोमा नयाँ अनुहार ल्याउन चाहेको शिक्षक प्रमोद तिवारीको बुझाइ छ। वीरगन्ज महानगरपालिकाको निर्वाचनमा तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले भने १२ हजार १ सय ६५ मत प्राप्त हासिल गरेका छन्। नेपाल लोकतान्त्रिक फोरमका  विमल श्रीवास्तव ८ हजार ७ सय १, नेकपा एमालेका बसरुदीन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहबर अन्सारी ८ हजार ३ सय ५ मत ल्याएका छन्।

वीरगन्ज महानगरपालिकाको उपेयर भने नेपाली काँग्रेस नेतृ शान्ति कार्की विजयी भएकी छिन्। काँग्रेसभित्र अग्रज पुस्ता कि ८२ बर्षे कार्कीले १९ हजार ६ सय ७ मत ल्याउदै उनकी निकटतम प्रतिद्वन्दी फोरम नेपालकी पिंकी यादवसंग १ हजार ७७ मतको अन्तरले विजयी भएकी हुन् । उपमेयरमा यादवले १८ हजार ५ सय ३० प्राप्त गरेकी छन्। उपमेयरमा राजपाकी रम्भा मिश्राले १० हजार ६ सय ६३, एमालेकी सोफिया आचार्यले १० हजार ३ सय ४१, लोकतान्त्रिक फोरमकी रिंकु देवी यादवले ७ हजार ५ सय ८६ र माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ५ हजार २८ ल्याएका छन्।

सरावगी र कार्की को हुन ?

वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष, एंव नेपाल उद्योग वाणिज्य महासंघको दुई कार्यकाल कार्यकारीणी सदस्यसहित पछिल्लो पटक बाणिज्य तथा आपूर्ति समिति संयोजक भइसकेका सरावगी समाजसेवीका रुपमा परिचित उद्यमी हुन्। उनी सरावगी समूहका अध्यक्ष समेत हुन्। बिभिन्न अध्यात्मिक संस्था, योग समिति लगायतमा आबद्ध रहेका सरावगीको समाजिक क्षेत्रमा राम्रो पकड छ। वीरगन्जको समस्या पुराना राजनीतिक दलहरुले समाधान गर्न नसक्ने उद्घोष गर्दै उनी गत चैत ६ गते फोरम नेपाल प्रवेश गरेका थिए। लगत्तै पार्टीको तराई मधेस प्रदेशको कोषाध्यक्षको जिम्मेदवारी पाए। आर्थिक तथा ब्यपारिक नगरी वीरगन्ज राजनीतिक घटना तथा दुराग्रहको शिकार भइरहेकोले आफूजस्तो ब्यपारिक मान्छे राजनीतिमा आउन बाध्य भएको उनले मञ्चबाट धेरै पटक उद्घोष गरेका छन्।

‘कसम’ भन्ने चुनावी घोषणापत्रमा उनले वीरगन्जको विकास र ब्यवस्थापनको बिस्तृत अवधारणापत्र नै लयाएर धेरैको ध्यान तान्न सफल भएका छन्। चुनाव जितेपछि आफुले ‘कसम’मा गरेका हरेक प्रतिबद्धता पुरा गर्ने अन्तिमसम्म प्रयास गर्दै नगरवासीलाई परिवर्तन, विकास र आत्मसम्मनको अनुभूति गराउने दावी गरे।

‘कसम’ भन्ने चुनावी घोषणापत्रमा उनले वीरगन्जको विकास र ब्यवस्थापनको बिस्तृत अवधारणापत्र नै लयाएर धेरैको ध्यान तान्न सफल भएका छन्। चुनाव जितेपछि आफुले ‘कसम’मा गरेका हरेक प्रतिबद्धता पुरा गर्ने अन्तिमसम्म प्रयास गर्दै नगरवासीलाई परिवर्तन, विकास र आत्मसम्मनको अनुभूति गराउने दावी गरे। विद्यालय भवन, स्वास्थ्य चौकी, प्रहरी चौकी भवन लगायत भौतिक निर्माणका कामसँगै योग गुरु रामदेव महराज र आचार्य बालकृणको ‘पाँच दिने योग विज्ञान शिविर’ का उनी संयोजक भएर काम गरेका थिए।

त्यसतै कार्की पर्सामा नेपाली काँग्रेसका अहिलेका ठुला भनिएका हरेक नेताभन्दा अग्रज हुन्। उमेरको हिसाबले मात्र होइन योगदानले पनि अरुभन्दा कम उनी छैनन्। पार्टीमा पछिल्लो ५ दशकदेखी लागातार योगदान गरेर पनि कुनै पदको लागि हानथाप नगरेकी थोरैमध्येका नेता हुन उनी। गत जिल्ला अधिवेशनमा उनी पार्टी सभापतिको पदमा उम्मेदवारी दिएर बर्तमान पार्टी संचालन पद्दतीप्रति आफ्नो साँकेतिक बिरोध जनाएकी थिइन्।  

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी कार्की पुर्णकालीक कार्यकर्ता बनेर पार्टीमा लागेर अविवाहित बसेकी महिला हुन्। १७ वर्षकै उमेरदेखि नै नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीति शुरु गरेकी ८७ वर्षिया कार्कीलाई राजनीतिमा लागेको सात दशकपछि मात्रै पार्टीले बिवसता वस स्थानीय तहको निर्वाचनमा वीरगन्ज उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार बनाएको थियो। केन्द्रीय सदस्य रमेश रिजालले र पार्टी सभापति समेत रहेका द्विवेदी लगायतले आ–आफ्नो उपमेयर उम्मेदवार ल्याउन खोजेको बेला समाधान निकाल्न कार्कीलाई अघि सारिएको थियो। केन्द्रीय सदस्य रिजालले अन्तिमसम्म उनको उम्मेदवारी रोक्न प्रयास समेत गरेका थिए। सात दशकदेखि कुनै पनि लाभको पद नलिएर पनि राजनीतिमा लागेको स्थानीय तहको निर्वाचनमा उपमेयरको उम्मेदवार काँग्रेसले बनाए लगत्तै उनको पक्षमा जनमत लहर देखिएको थियो।

प्रकाशित: ११ आश्विन २०७४ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App